Loading...
Loading...
View Map

in your mobile

Ranimahal

Rani Mahal which is also known as the Taj Mahal of Nepal situated at Kaligandaki riverbank with the most elegant color, a neo-classic art and fine architecture that enhances the beautiful palace.

Rani Mahal was built on the name of youngest beloved wife Tej Kumari Devi of General Khadga Shumsher Jung Bahadur Rana as the symbol of love. Situated at the distance of 13 km from Tansen, the palace looks attractive sitting on a massive rock at a secluded and a quiet place. Since the palace was built on the edge of the jungle, the jungle was also named as Rani Ban and the stairs leading to the river as Rani Ghat. The river also possesses a religious importance as it is believed that touching the water of the river provides salvation to any sinners. 

प्रेमको प्रतीक रानी महल पाल्पा जिल्लाको रानी घाटमा अवस्थित रानी महल प्रेमको प्रतीकको एक सुन्दर वास्तुकला हो । रानी महलको निर्माण जनरल खड्ग शमशेरले वि.सं. १९५४ मा आफ्नी रानी तेजकुमारीको सम्झनामा गरेका थिए । पश्चिमी युयानी शैलीमा निर्मित यस महललाई बेलायती इन्जिनियरले डिजाइन गरेका थिए । २००७ सालमा राणा शासनको पतनपछि भने रानी महलको संरक्षण नगरिँदा यो जीर्ण भएको थियो । २०५४ सालमा जिर्णोद्वार सुरु गरि यही वर्ष पुनः निर्माण सम्पन्न भएको हो । पुरातत्व विभागले २० वर्ष लगाएर पुनःनिर्माण सम्पन्न गरेपछि आन्तरिक पर्यटकको भिड बढ्न थालेको छ । यस महल सदरमुकाम तानसेनबाट १६ किमी दूरीमा अवस्थित छ । रङ्गरोगन र मर्मत सम्भारपछि अहिले रानी महल निकै सुन्दर देखिएको छ । महलमा उज्यालो निलो र सेतो रङ पोतिएको छ भने छानो रातो रङको छ । प्रेमको प्रतीक मानिएको रानी महल हेर्न बढी मात्रामा आन्तरिक पर्यटक र केही विदेशी जाने गर्छन् । खड्ग शमशेरले आफ्नी रानीको सम्झनामा बनाएको हुँदा विशेष गरि यहाँ युवायुवतीको भिड लाग्ने गर्छ । शनिबार तथा अन्य सार्वजनिक बिदाको दिन र भ्यालेन्टाइन दिवसको बेला यहाँ अनगिन्ती प्रेमिल जोडी आउँने गर्छन् । कोही महल हेरेर सोही दिन फर्किन्छन् त कोही एक रात महल नजिकैको रिसोर्ट तथा होटलमा बास बस्छन् । पहिले कच्ची बाटो रहेको तानसेनदेखि रानीमहल सडक खण्डमा अब ग्राभेलिङ गरि आगामी वर्षभित्र पिच गर्ने लक्ष्य सडक डिभिजन कार्यालयले राखेको छ । विशेषताः कालीगण्डकी नदीको विशाल चट्टानमा निर्मित रानी महलको नक्सा १२० वर्ष अगाडि नै बेलायती डिजाइनरले कोरेका थिए । एक शताब्दी अगाडि नै नेपालमा पश्चिमा शैलीको वास्तुकला भित्रिएको प्रमाण रानी महल हो । महलको उचाइ ११२ फिट तथा चौडाइ ५६ फिट रहेको छ । छेउमै विशाल नदी भएर पनि नदीको बाढीले यतिका वर्षसम्म महललाई कुनै क्षति गरेको छैन । महलको निर्माण गर्न सेना तथा जनताले तत्कालिन समयमा श्रमदान गरेका थिए । रानी महलमा प्रयोग गरिएको इँटामा ‘खड्ग शमशेर’ शब्दहरु कँुदिएको छ । महलको उत्तर भएर नदी बग्ने भएकोले धार्मिक रुपमा पनि यस क्षेत्रलाई पवित्र मानिन्छ । महलको ठिक पारी कालीगण्डकी माथि झलुंगे पुल रहेको छ । पुलबाट रानी महल हेर्दा नदी माथि नै महल टक्क अडेको जस्तो देखिन्छ । नदीको डिलबाट नै जग उठाएर महल बनाइएको हुँदा यस्तो कलात्मक दृश्य पुलबाट देख्न सम्भव भएको हो । महलको देब्रे भागमा फूलबारी रहेको छ भने दाहिने भागमा नदी हेर्नको लागि बनाइएको एकतले टावर छ । महलको अगाडि भने सुरक्षा गार्ड बस्ने ठाउँ रहेको छ । पानी पोखरी तथा मन्दिर पनि रानी महलको अर्को आकर्षक केन्द्र हो । तल्लको भागबाट महल जाँदा भने सुरुमा पानीको फोहरा देखिन्छ । महलको भुँइ तल्लामा खड्ग शमशेरले पूजा गर्ने कोठा, पहिलो तल्लामा बैठक कोठा र उपल्लो तल्लामा उनको सुत्ने कोठाहरु रहेका छन् । रानी महल हेर्न पाल्पा जाँदा तानसेनमा ढाकाको कपडाबाट बनाइएका कपडा तथा करुवा खरिद गर्न सकिन्छ । नेपालकै ठूलो करुवा पनि पाल्पामा हेर्न सकिन्छ । यस्तै द्वन्दको समय ध्वस्त भएर पुनर्निर्माण गरिएको लालदरबार पनि हेर्न सकिन्छ । प्रेमसँगै आँशुः इतिहासमा पढिएका प्राय प्रेमिल कथामा आँशु पनि रहे झँै रानी महलमा प्रेमसँगै रोदन रहेको छ । विसं १९४३ सालमा खड्ग शमशेरले वीर शमशेरको हत्या गरि श्री ३ बन्ने षड्यन्त्र असफल भएपछि उनलाई अर्घाखाँची निकाला गरिएको थियो । तर १९४५ मा वीरले उनलाई पाल्पाको कमाण्डिङ जर्नेल बनाइदिए । उतै विवाह गरेकी उनकी रानी तेजकुमारीको १९४९ मा सालमा कपाल कोर्ने क्रममा लडेर मृत्यु भएको थियो । आफ्नी प्राण प्रिय रानीको मृत्युले उनी स्तब्ध भएका थिए । कालीगण्डकीमा दाहसंस्कार गरेपछि सोही घाटलाई रानीघाट नामकरण गरि सोही ठाउँमा उनले रानी महल बनाएका थिए । १९५० मा निर्माण प्रारम्भ गरि १९५४ मा रानी महलको निर्माण सम्पन्न भएको थियो । साथै महल पुग्न तानसेनदेखि घोडेटो बाटो समेत खड्ग शमशेरले बनाएका थिए । आफैंले निर्माण गरेको महलमा ५ वर्ष पनि बस्न नपाउँदै खड्ग शमशेर भारत भाग्न बाध्य भएका थिए । विसं १९६० मा खड्ग शमशेरले श्री ३ अर्थात प्रधानमन्त्रीको पद हडपेर देश चलाउन खोजेको छनक चन्द्र शमशेरले पाएपछि उनले पाल्पामा सेना पठाएर खड्ग शमशेरलाई नियन्त्रण गर्न खोजेका थिए । सेना आउने छनक पाए पश्चात सबै बहुमूल्य ढुकुटी लिएर खड्ग शमशेर भारत भागेका थिए । दिवंगत रानीको सम्झनामा रानी महल निर्माण गरिएको महललाई प्रेमको प्रतीक रुपमा मानिदँै आएको छ । खर्च, समय र बसाई : पोखराबाट ४ घण्टाका बस यात्रामा पाल्पा पुगिन्छ । पाल्पा सदरमुकाम तानसेन बजारबाट बिहान ८ बजे एउटा जीप रानी महलका लागि छुट्छ । करिब १ घण्टामा जीप रानी महलमै पुग्छ । हिँडेर पनि गोरेटो बाटो तथा मूल सडक हुँदै करिब ३ घण्टामा रानी महल पुगिन्छ । एक रात पाल्पा सदरमुकाम तानसेन र एक रात रानी महल छेउको होटलमा बसेर यात्रा, खाना सहितको अधिकतम खर्च पाँच हजार लाग्छ । …… रानी महललाई केही व्यक्तिले भारतको ताज महलसँग तुलना गरि दुबैलाई प्रेमको प्रतीक भन्ने गरेका छन् । तर ताज महल निर्माण गर्ने शाह जहाँले अर्काकी श्रीमती मुम्ताजलाई विवाह गरेका थिए । मुम्ताजको श्रीमानको हत्या गरेर उनले जबरजस्ती मुम्ताजसँग विवाह गरेका थिए । चौधौं सन्तान जन्माउने क्रममा मुम्ताजको मृत्यु भएपछि ताज महल शाह जहाँले बनाउन लगाए तर यस्तो महल फेरि कसैले बनाउन नसकोस् भनेर कालीगढहरुको हात काटिदिए । तसर्थ रक्तपात र षड्यन्त्रको इतिहास बोकेको ताज महललाई प्रेमको प्रतीक रानी महलसँग जोडेर नेपालको ताज महल भन्नु प्रेमको अपमान हो । source: https://www.tandavnews.com/2018/03/1986
Day
Sunday
Fee Category Amount
Kid 0
From Medium Road condition Duration Fare

Other related places