Loading...
Loading...
View Map

in your mobile

Parroha Bolbam Dham, Shiva Temple.

पश्चिम क्षेत्रको पशुपति भनेर समेत चिनिने  पर्रोहा बोलबम धामको इतिहास निकै पुरानो छ ।

धामका अध्यक्ष रामवली चैधरीले लुम्बिनीको इतिहासभन्दा अगाडिको समयको भएको अनुमान अहिलेसम्म सबै अुनसन्धान खुलेको  दाबी गर्छन् ।  उनले धामभन्दा २ किलोमिटर टाढा रहेको रानीबगियाँ तथा सैनासैनामा प्रचीन  समय ठूलो मानव बस्ती रहेको इतिहास रहेको बताए ।  जहाँ अहिले पनि पौराणिक कुवा, इँटा  आदि रहेको बेलाबेला अनुसन्धान भइरहेको छ । सोही समय पर्रोहा पर्मेश्वर बोलबम धाम गौतमबुद्धका पिता शुद्धोधन र आमा मायादेवी बुद्धको माओल देवदह जाँदा कपिलवस्तुबाट यही बाटो भएर पर्रोहा पर्मेश्वरको दर्शन गरेर जाने गरेको बताइन्छ भने पुराण पनि पर्रोहा धामको महत्व लेखिएको छ ।  त्यसैले बोलबम धाम ऐतिहासिक र पुरातात्विक दृष्टिले पनि महत्वपूर्ण छ । पर्रोहा बोलबम धाममा रहेको शिव ज्योतिर्लिङ्ग र यहाँ रहेका पार्वती र गणेशका मूर्ति पनि प्रचीन हुन् ।

पर्रोहा पर्मेश्वरबाहेक बुद्धले गृहत्याग गरेपछि पहिलोपटक बास बसेको स्थान कपिलवस्तुको ताम्रेश्वर, लुम्बिनी मार्गमा रहेको पर्कटेश्वरमा रहेका शिवलिङ्ग पनि ऐतिहासिक मानिन्छ । यिनीहरुको उत्पत्ति पनि बुद्धकालभन्दा पहिले नै भएको अनुमान गरिएको  खोजकर्ताहरुको रहेको छ ।

करिब डेढ सय वर्षअघि सौनामैनाको पर्रोहाका चन्दभान चौधरीका  (जो केही वर्षअघि स्वर्गे भइसके) छन् । जिजुहजुरबुवाले जङ्गल र झाडीभित्र शिवलिङ्ग फेला पारेका थिए । उनले शिवलिङ्गलाई आफ्नो घरमा लगेर स्थापना गर्नको प्रयास गरेका थिए । शिवलिङ्गलाई खन्दाखन्दै त्यसको फेद फेला पर्न सकेका थिएन् ।  त्यसै समयमा ती चौधरीले सपनामा देखेका थिए । सपनामा मलाई कोही कसैले कहीँ लान पाउँदैन भन्ने सुनेपछि सोही ठाउँमा मन्दिर निर्माण प्रयास गरेका थिए ।

तर मन्दिर निर्माण पूरा नहुँदै उहाँको मृत्यु भएको थियो । त्यसपछि त्यहाँ पूजाआजा सुरु भएको थियो । अहिले पनि स्थानीय थारुहरुले मन्दिरलाई विषेश महत्व दिएर पूजा आज गर्छन् । २०३५ सालमा भारतको पञ्जागढ झारढोर भन्ने ठाउँबाट १०८ स्वामी रमेश गिरी बोलबमधाममा आएका थिए । उनलाई  नागाबाबा रुपमा पनि  चिनिन्छ ।  ती नागाबाबाले सो स्थानको संरक्षण र व्यवस्थापनमा लागेका थिए ।

नागाबाबाले मन्दिर निर्माणका लागि व्यक्ति तथा सरकारी जग्गा उपलब्ध गराएका थिए । व्यवस्थित रुपमा २०४८ सालमा त्यहाँ शिव पञ्चायन मन्दिर स्थापना भएको हो २०४९ सालबाट बोलबमधाममा जलार्पण कार्यक्रम सुरु भएको  धामका महासचिव रामकृष्ष्ण अधिकारीले बताए ।

नागाबाबा बसेपछि यो स्थानको महत्व बढ्न थालेको  हो । २०४५ सालको फागुनमा पर्रोहा बोलबम धाममा शिव पञ्चायन मन्दिर बनाउन जग बसालिएको थियो । नयाँ मन्दिर निर्माण भएपछि २०४९ सालबाट जलार्पण कार्यक्रम सुरु भएको हो ।

२०५३ साल र त्यसयता पटक पटक महायज्ञ गरी पर्रोहा बोलबम धामको विकासका लागि पहल गरिएको छ भने स्थानीय नगरपालिका, एकृकीत लुम्बिनी पर्यटन विकास बोर्डलगायतले आर्थिक सहयोग गरेका छन् ।source: http://www.ratopati.com/story/8855

पर्रोहा बोलबम धाम एक परिचय Parroha Bolbam Shiva Temple Youtube : https://youtu.be/YnQ7Zl6LTlI बुटवल– रुपन्देहीको सैनामैना नगरपालिकाका– १ स्थित पर्रोहामा पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम (श्रावणी मेला) को तयारी शुरु भएको छ । प्राचीन एवं ऐतिहासिक शिव ज्योतिर्लिङ्गमा बोलबमको तयारीका लागि मन्दिर प्रवेशद्वारदेखि बजार व्यवस्थापन र जलार्पण गर्न विभिन्न उपसमिति निर्माण भएको पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामका अध्यक्ष रामबलि चौधरीले जानकारी दिए । उनका अनुसार फलफूल, नरिवल र पूजाआजाका सामग्री पाइने पसलका लागि रु ५०० देखि रु एक हजार ५०० सम्म शुल्क निर्धारण गरिएको छ । ज्योतिर्लिङ्ग नजीकै झण्डै २०० कक्ष तथा अन्य विभिन्न फुटकर पसल र ठेलासमेत रहने र उनीहरुका लागि रु १० देखि रु ५० सम्म शुल्क लिइने बताइएको छ । मेलाका लागि २५० स्वयंसेवक परिचालन हुनेछन् । कृष्णपक्षदेखि श्रावण शुरु हुने भएकाले साउन ११ गते गुरुपूर्णिमादेखि श्रावण शुक्लपक्ष भदौ १० गते ऋषितर्पणी (जनैपूर्णिमा) सम्म एक महीना सञ्चालन हुने बोलबम मेलामा विशेष गरी भगवान् शिवजीलाई जलार्पण र रुद्राभिषेक गरिने पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामका मुख्य पुजारी चन्द्र नेपालले जानकारी दिए । उनका अनुसार साउन महीना शिवको प्रिय महीना भएकाले शिवको पूजाआजा, आराधना र भजनकीर्तन गर्नाले रोगव्याधि नलाग्ने, संकट मोचन हुने र आयु लामो हुने धार्मिक विश्वास छ । ‘रुद्राभिषेक भगवान् महादेवको मात्रै होइन सबै देवीदेवताको वैदिक मन्त्रमार्फत गरिन्छ’, उनले भने । पुजारी नेपालले शास्त्रीय प्रमाणका लागि ज्योतिर्लिङ्गको अध्ययनअनुसन्धान शुरु भएको उल्लेख गर्दै स्वयं उत्पत्ति भएको ज्योतिर्लिङ्गको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने तथा आरोग्य र ऐश्वर्य प्राप्त हुने बताए । सो ज्योतिर्लिङ्गमा भक्तजनले विभिन्न स्थानबाट वैदिक विधिले काँवर र कमण्डलुमा पवित्र गंगाजल उठाई बोलबम धाममा जलार्पण गर्ने प्रचलन छ । बोलबम जलार्पण एवं श्रावणी मेलाका लागि कपिलवस्तुका वाणगंगा, लक्ष्मणघाट, त्रिवेणीधाम र देवघाटधाममा पैदलयात्रा र रिडी रुरु क्षेत्रमा सवारी साधन यात्रा तय भएको छ । त्यहाँबाट जल उठाएर बोलबम धाममा जलार्पण गरिने छ । सो ज्योतिर्लिङ्ग बोलबम धाममा शिव पाञ्चायन, गणेश पार्वती मन्दिर, लक्ष्मीनारायण मन्दिर, राधाकृष्ण मन्दिर, सन्तोषीमाताको मन्दिर, चन्द्रमा आकारको सरोवर, १०८ शिवलिङ्ग, ५.५ फिटको शिवमूर्ति र नागकुण्ड छन् । सो ज्योतिर्लिङ्ग बोलबम धाममा गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी, कपिलवस्तु, चितवन, काठमाडौँलगायत भारतबाट समेत भक्तजन सहभागी हुनेछन् । बोलबम धाममा चढाइएको भेटी एवं दान भौतिक पूर्वाधारका क्षेत्रमा खर्च हुने गरेको अध्यक्ष चौधरीले बताए । source : https://ratopati.com/story/54208
Day
Sunday
Fee Category Amount
From Medium Road condition Duration Fare

Other related places