Loading...
Loading...
View Map

in your mobile

‘गजेडी ताल’

‘गजेडी ताल’ पर्यटकीय गन्तव्य 
रुपन्देही, रासस । सिमसार क्षेत्रमा सूचीकृत जिल्लाको ‘गजेडी ताल’ पर्यटकीय गन्तव्य बन्दै गएको छ । 
आन्तरिक पर्यटकको घुइँचो लाग्ने उक्त ताल बाह्य पर्यटकको समेत आकर्षणको केन्द्र बनेको बताइन्छ । 
तालको सुन्दरता संरक्षणमा ध्यान दिनसके सो ताल स्थानीयवासीका लागि जीविकोपार्जनको माध्यम बन्ने  भनाइ छ । ताल आसपास निर्माण हुने थप संरचनाले प्राकृतिक सुन्दरता बढाउन मद्दत मिल्नेछ । 
तेह्र हेक्टर क्षेत्रफलमा रहेको सो ताल सिमसार क्षेत्र भएकाले यहाँ विभिन्न प्रजातिका चरासमेत देखिने गरेको स्थानीयबासी बताउँछन  । तालमा चेलवा, धवई, भोटी, पाते सिद्रा, गाई सिद्रा, पडेनी, अन्धाबामलगायतका स्थानीय प्रजातिका माछा र हाँस, बकुल्ला, बट्टै, तित्रालगायत लोपोउन्मुख चराको उपस्थिति रहन्छ । 
 समयमाई सामुदायिक वन र समयमाई गजेडी दानापुर ताल तथा पर्यटन प्रवद्र्धन विकास केन्द्र नामक गैरसरकारी संस्थाले सामान्य पूर्वाधार निर्माणको काम गरेको उक्त क्षेत्रमा अब प्रदेश सरकारले समेत चासो देखाएको छ । 
 तालको विकासका लागि गुरुयोजना आवश्यक भएकामा जोड दिँदै  दानापुरलगायतका क्षेत्रमा होमस्टेको स्थापना गरेर पर्यटकको बसाइँ लम्ब्याउन सकिनेछ  । 
त्यस्तै सैनामैनाको गंगानगरस्थित लामीरहमा प्रस्तावित बहुउद्देश्यीय जलाशय पार्क, गैँडाहवाको गैँडाहवा ताल, गैँडाहवाकै लखनौटीस्थित तुलसीहवा तालसहित विभिन्न सिमसार क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने विषयमा अध्ययन, अनुसन्धान हुन थालेको छ । 
source:  https://youtu.be/0HcmWWdqN6c

दानापुर (गजेडी) ताल: चारैतिर हरियाली, थुम्का परेको जमिन र साना ठुला तालतलैयाहरु रहेको कञ्चन गाउँपालिका–१ रुपन्देही जिल्लामा रहेको दानापुर (गजेडी) ताल अहिले आन्तरिक पर्यटक लोभ्याउने गन्तव्य बनेको छ । यो ताल सिमसार क्षेत्रमा सूचीकृत भएको हुनाले विदेशी चराचुरुङ्गीको पनि रोजाइमा परेको छ नजिकै कपिलवस्तुको जगदीशपुर तालमा आउने गरेका चराचुरुङ्गीहरु पनि यसै तालमा रमाउने गरेको स्थानीय वासिन्दाले बताएका छन् । पहिले गाईवस्तु र चराचुरुङ्गीलाई पानी खान निर्माण गरिएको गजेडी तालमा अहिले पर्यटकीय संरचनाको निर्माण गरिएको हुनाले आन्तरिक पर्यटक र घुइँचो बाह्य पर्यटकको समेत आकर्षणको केन्द्र बनेको स्थानीय वासिन्दा दिनेश चौधरीको भनाई रहेको छ । तालको सुन्दरता संरक्षणमा ध्यान दिनसके सो ताल स्थानीयवासीका लागि भविष्यमा जीविकोपार्जनको माध्यम बन्ने उहाँको भनाइ छ । रामग्राम–६ पश्चिम नवलपरासीबाट स्टफ पिकनिक कार्यक्रमका लागि आएका रकी शाहीले प्रकृतिको अनुपम उदाहरण भएकाले स्थानीय बासिन्दाले यसको संरक्षण गर्दै आम्दानीको दिगो स्रोतका रुपमा विकास गर्न सकिने बताए । तेह्र हेक्टर क्षेत्रफलमा रहेको सो ताल सिमसार क्षेत्र भएकाले यहाँ विभिन्न प्रजातिका चरासमेत देखिने गरेको स्थानीय समयमाई सामुदायिक वनका अध्यक्ष मीनबहादुर थापाले बताए । तालमा चेलवा, धवई, भोटी, पाते सिद्रा, गाई सिद्रा, पडेनी, अन्धाबामलगायतका स्थानीय प्रजातिका माछा र हाँस, बकुल्ला, बट्टै, तित्रालगायत लोपोउन्मुख चराको उपस्थिति रहन्छ । स्थानीयको प्रयासबाट ताललाई पर्यटकले हेर्ने अवस्थामा र्पुयाउन सकिएको स्थानीय नेत्रबहादुर श्रीसका अनुसार पहिले यो ताल सानो पोखरीको रूपमा सीमित थियो । जहाँ गाईवस्तु र चराचुरुङ्गीले पानी खान्थे भने स्थानीयले माछा मार्ने गर्दथे। संरक्षण गर्दै जाँदा अहिले रूपन्देहीका तालहरूमध्ये धेरै पर्यटक भित्रिने पहिलो ताल बनेको उनी बताउँछन् । रूपन्देहीमा पर्यटकीयस्थलको रूपमा विकास भइरहेको दानापुर तालमा अहिले पनि घुम्न, डुङ्गा चढ्न, पिकनिक खान र गोष्ठी तथा बैठकका लागि जानेको भीड लाग्ने गर्छ । प्रमुख रूपमा हिउँद महिनाभर यहाँ पर्यटकहरू अवलोकन र रमाइलोका लागि आउने गर्छन् । सुरुमा ताल वरपरका खेतहरूमा डिल उठाउँदै जाँदा तालको जग्गा अतिक्रमण हुनसक्ने भन्दै संरक्षणमा जुटे पनि जिल्ला वन कार्यालय रूपन्देहीले समयमाई सामुदायिक वन मातहतमा राखी ताललाई दर्ता गरिएको थियो । त्यसपश्चात ताल संरक्षण सुरु भएको स्थानीय बताउँछन्। जङ्गलको बीचमा रहेको समयमाई मन्दिरको नामबाट सामुदायिक वन गठन गरी अहिले ताल संरक्षणमा स्थानीय लागिरहेका छन् । २०६८ सालमा राष्ट्रिय ताल संरक्षण समितिले दिएको ४ लाख बजेटबाट ताल वरिपरी बाटो बनाएपछि सुरु भएको भौतिक निर्माणको क्रमले अहिले तीव्रता पाएको छ । ताल परिसरमा टहरोसहितका दर्जनौं पिकनिकस्थल निर्माण गरिएको छ भने खुल्ला स्थानमा झन्डै ५० समूहमा पिकनिक खान मिल्ने गरी स्थान व्यवस्थापन गरिएको छ।विभिन्न चराचुरुङ्गीका लागि पनि बासस्थान र आहाराका लागि उत्तम मानिने यो तालमा मालेहाँस, पानी हाँस, सारस, बकुल्ला, वन कुखुरालगायतका कैयौं दुर्लभ चरासमेत पाइन्छ । त्यसैगरी धवई, चेलवा, गाईसिद्र, पाते सिद्र, ढेव्री, गिराई भोटी, पडेनी, अन्धा बाम, चुच्चे बाम, झिँगेलगायतका दर्जन बढी रैथाने माछा यहाँ रहेका छन् । नेपाली सेना कालीभक्ति गण ई ब्यारेक, भैरहवाले दानापुर ताल निर्माण सम्पन्न गरेको छ । सेनाले काम पूरा गरेपछि स्थानीय उपभोक्तालाई हस्तान्तरण गरेको छ । सेनाबाट आकर्षक पार्कसहित ताललाई पर्यटक लोभ्याउने गरी निर्माण गरिदिएको छ । ४८ करोडको पर्यापर्यटन गुरुयोजना रूपन्देहीको पर्यटकीयस्थलको रूपमा विकास भएको दानापुर तालको १० वर्षे गुरुयोजना निर्माण गरिएको छ। सिमसार क्षेत्रमासमेत सूचीकृत कञ्चन गाउँपालिकामा पर्ने तालको गुरुयोजना निर्माणले यस क्षेत्रको विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ । गुरुयोजना समयमाई सामुदायिक वन उपभोक्ता समूह, कञ्चन–१, गजेडी र जयन्द्र एन्ड पार्टनर प्रालिको सहकार्यमा तयार गरिएको हो । गुरुयोजनामा दानापुर तालको पर्यटकीय आकर्षणलाई सुन्दर बनाउन दानापुर तालमा प्रवेश गर्ने मुख्य द्वारसँग स–साना चमेना तथा चिया पसल निर्माण गरिनेछ । तालको बीचमा आइल्यान्ड जलभूमि निर्माण गरी ५३ मिटरको उचाइबाट दृश्यावलोकन गर्न मिल्ने गरी ६० मिटर उचाइको दृश्यावलोकन टावर बनाइने गुरुयोजनामा उल्लेख छ । दानापुर तालमा गुरुयोजनाविपरीत कसैले पनि भौतिक संरचना निर्माण गर्न रोक लगाइएको छ । गुरुयोजनामा तालको वरिपरी हरियाली वातावरणलाई यथावत राख्न वृक्षरोपण अगाडि बढाइएको छ । पर्यटक तथा स्थानीयका लागि मर्निङवाक तथा जगिङ गर्न मिल्ने गरी ताल वरिपरी पक्की पिचको निर्माणलाई योजनाले समेटेको छ । तालसहित ९२.०२ हेक्टर क्षेत्रफलमा फैलिएको समयमाई सामुदायिक वन उपभोक्ता समूहको उक्त गुरुयोजनाअनुसार दानापुर तालको भौतिक संरचना निर्माण गर्न करिब ४८ करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको छ । दानापुर तालको सौन्दर्यता र आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण बढाएर स्थानीयको आय आर्जन बढाउन स्थानीयकै लगानीमा ताल नजिकका बस्तीमा होम स्टे सञ्चालन पनि गरिने गुरुयोजनामा राखिएको छ । source: बेनी माधव बस्याल://www.radioparasi.com/news/2304
Day
Sunday
Fee Category Amount
From Medium Road condition Duration Fare