Loading...
Loading...
View Map

in your mobile

जितगढी किल्ला

२१ पुस १८७१ देखि १८७२ सम्म नेपाल–अंग्रेजका बीचमा युद्ध भए । अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा नेतृत्वको नेपाली फौजले विभिन्न स्थानमा युद्ध लडेपनि जित हात पार्न सकेको थिएन ।

कुमाउ–गडवाल (नाहान), मकवानपुरगढी, कोशी–टिस्टा र बुटवल जितगढीमा अंग्रेज फौजसँग लडाइँ भयो । तर बुटवलमा भने नेपालले जित हासिल गरेको थियो ।
कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले कुशल रणकौशल प्रदर्शन गरी अंग्रेज फौजमाथि ७ वैशाख १८७२ मा विजय हासिल गर्‍यो ।

त्यही विरताको चिनो हो–बुटवलको जितगढी किल्ला । जसले अहिले पनि नेपाल–अंग्रेज युद्धलाई सम्झाउँछ । यो ऐतिहासिक सम्पदाको २ सय ३ वर्षपछि मात्रै सरकारी तवरबाट संरक्षण थालिएको छ ।

जितगढी किल्लाः दुई सय वर्षअघि नेपालले अंग्रेजसँग विभिन्न स्थानमा युद्ध लडेको थियो। अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा नेतृत्वको नेपाली फौजले विभिन्न स्थानमा युद्ध लडेपनि जित हात पार्न सकेको थिएन। कुमाउ–गडवाल (नाहान), मकवानपुर गढी, कोशी–टिस्टा र बुटवल जितगढीमा अंग्रेज फौजसँग लडाई भएको थियो। तर, बुटवलमा भने नेपालले जित हासिल गरेको थियो। कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले कुशल रणकौशल प्रदर्शन गरी अंग्रेज फौजमाथि १८७२ सालमा जित हासिल गरेको थियो। त्यही जित हासिल गरेको वीरताको चिनो जितगढी किल्ला ओझेलमा परेको छ। जसले अहिले पनि नेपाल–अंग्रेज युद्धलाई सम्झाउँछ। बुटवल उपमहानगरपालिका वडा नम्बर ३ तिनाउ नदीपारिको किनारमै पूर्वपश्चिम राजमार्गसँगै जितगढी किल्ला रहेको छ। विश्वलाई कब्जा गर्ने लक्ष्य लिएर अघि बढेको अंग्रेजलाई सामान्य हतियार भएको नेपाली सेनाले पराजय गरेको स्थल जितगढी ओझेलमा परेकोमा स्थानीय चिन्तित छन्। स्थानीयवासी तथा जानकार देवेन्द्रराज शाक्य भन्छन्–‘यो क्षेत्रको महत्व के हो भन्ने कुरा विश्वभर बुझाउन जरुरी छ, सरकारले नै यसलाई बढी चासो दिनुपर्ने हो, नेपालको वीरताको इतिहास बोकेको जितगढी ओझेलमा पर्नु भनेको हाम्रो विरता नै ओझेलमा पर्नु हो।’ हालसम्म प्राप्त तथ्य अनुसार नेपालीहरुको रगत पसिनासँग वीरता साटिएको र त्यसताका कम्पनी सरकारको साम्राज्यवादी पाइलाहरु थामिएको स्थल नै जितगढी हो। अध्येता तथा इतिहासका जानकार निर्मल श्रेष्ठका अनुसार विश्व विजयको शंखनाद गर्ने ब्रिटिसहरुले यस्तो पहाडी कन्दरामा पनि आफूलाई पराजय गर्ने शक्ति रहेको महशुस गरेको बिन्दु नै जितगढी हो। पुरातात्विक र ऐतिहासिक महत्व बोकेको यो गढी १६ औं शताब्दीतिर सेनकालमा निर्माण भएको मानिएको छ। तिनाउ नदीको दायाँ किनारमा अवस्थित गढीको नामाकरण उजिर सिंह थापाको नेतृत्वमा रहेको फौजले पराक्रम र चलाखी देखाई यसै गढीमा बसेर कम्पनी सरकारको फौजलाई हराएकोले जितगढी भनिएको जनश्रुति रहेको छ। वि.सं. २०५२ सालमा पुरातत्व विभागले देशभरका गढीहरु संरक्षण गर्ने क्रममा गढीको पर्खालको बीच भागको उत्तरतर्फ एउटा ट्रायल ट्रिच लिंदा पुरिएको पर्खालको पेटी भेटिएको थियो। उजिरसिंहको समयभन्दा अघि देखि नै गढीको अस्तित्व रहेको बताइएपनि यसको पुष्टि भने हुन सकेको छैन। ‘यो गढीको प्राचीन स्वरुप कस्तो थियो यकिन साथ भन्न सकिदैन र साँच्चै नै भन्ने हो भने उजिरसिंह कै समयमा यो गढीको स्वरुप कस्तो थियो त्यो पनि भन्न सकिदैन,–श्रेष्ठले भने–‘संभवत उजिर सिंहको समयसम्म यो गढी पूर्ण रुपमा थियो र वि.सं. १८७३ पछि क्रमशः यो गढीको महत्व र प्रयोग नभएकोले उपेक्षित हुदै गएको हो कि भन्न सक्ने अवस्था छ।’ गढीको पुरातत्व विभागले समेत विस्तृत अध्ययन गर्न बाँकी छ। ‘हामीले जितगढीमा प्रारम्भिक उत्खनन् गर्‍यौं,–पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भने–‘तिनाउमा आएको बाढीले गढीको थप केही भाग नदी किनारमा देखिएको छ भन्ने कुरा आएको छ, हामी त्यसको विस्तृत अध्ययन गरेर अघि बढ्नेछौं।’ आर्थिक वर्ष २०६९/०७० र ०७०/०७१ मा पुरातत्व विभागले दुईपटक उत्खनन गरेको थियो। उत्खननका क्रममा जितगढी परिसरभित्र प्राचीनता झल्किने वस्तु भेटिएपनि परिसरबाहिर भने खासै प्राचिन वस्तु भेटिएनन्। यसअघि २०५८ सालमा पनि बुटवल उपमहानगरपालिकाले पुरातत्व विभागबाट उत्खनन गराएको थियो। जितगढी परिसरमा उद्यान र उजिरसिंह थापाको सालिक पनि बनाइएको छ। तर प्रचारप्रसार र उचित संरक्षण पुगेको छैन। किल्लामा जथाभावी प्रवेशलाई व्यवस्थित गर्न प्रहरीको अस्थायी पोष्ट राखिएपनि किल्लाको आवश्यक रेखदेख हुन सकेको छैन। किल्लाको मूल भाग देखिएपनि किल्लाको सुरुङमार्ग भेटिएको छैन। स्थानीयले सुरुङमार्ग रहेको बताउँदै आएका छन्। ‘जितगढीबाट शुरु भएर नुवाकोट डाँडाँसम्म सुरुङमार्ग छ भन्ने कुरा हामीले धेरै पहिले देखि सुन्दै आएका हौ,–स्थानीय देवेन्द्रराज शाक्यले भने–यसको उत्खनन् गरी वास्तविकता बाहिर ल्याएर प्रचार गर्न आवश्यक छ।’ जितगढीको संरक्षणको लागि बुटवल उपमहानगरपालिकाले पुरातत्व विभागसँग समन्वय गरेर योजना बनाउने बुटवल उपमहानगरपालिकाका कार्यकारी अधिकृत ध्रुव खड्काले बताए। नेपालले यसरी जित्यो अंग्रेजलाई जनरल अक्टरलोनीको नेतृत्वमा पश्चिम नेपाल आक्रमण गर्ने, मेजर जनरल जिलेस्पीको नेतृत्वमा देहरादुन हुँदै गढवाल कब्जा गर्ने, जनरल उडको नेतृत्वमा पाल्पा–बुटवल हात पार्ने र जनरल मार्लेको नेतृत्वमा मकवानपुर कब्जा गर्ने गरी अंग्रेजले सेना पठाएको थियो। पाल्पा राज्य कब्जा गर्न गोरखपुरबाट जनरल उडको नेतृत्वमा अंग्रेज फौज नेपालतर्फ अघि बढेको थियो। अंग्रेज फौज जितगढी आइपुगेपछि नेपाली सेनासँग घमासान युद्ध भएको थियो। युद्धमा अंग्रेज टोलीले ठूलो क्षति बेहोरेर फिर्ता गएको थियो। जनरल उडकै नेतृत्वमा तीन महिनापछि फेरि उनीहरूले बुटवलमा आक्रमण गरे। आक्रमणबाट बुटवलमा रहेको सेनकालीन दरबार ध्वस्त भयो। दरबार ध्वस्त भए पनि किल्लाभित्र लुकेर रहेका नेपाली सेनाले अंग्रेजहरूमाथि आक्रमण गरे। यो लडाईंमा पनि नेपाली सेनाले प्रतिकार गरी अंग्रेजहरूलाई पराजित गरे। अंग्रेजतर्फ ठूलो क्षति भयो। इतिहासका जानकारहरुका अनुसार पाल्पा बुटवल क्षेत्रको नेतृत्व गरेका कर्णेल उजीरसिंह थापाले अग्रेजविरुद्धको युद्धमा वि.सं. १८७२ मा विजय हासिल गरी विजय पताका फहराएका थिए। जितगढीको युद्धको झझल्को दिनेगरी नेपाली सेनाले वृत्तचित्र बनाएको छ। यस्तो छ गढी पाँच सय वर्गफिट इलाकामा फैलिएको यो गढी पूर्वपश्चिम लम्वाई २ सय ५ फिट छ र चौडाई करिब ५५ फिट रहेको छ। गढीको जग निकै फराकिलो छ र गढीको गारो क्रमशः माथितिर साँघुरो हुँदै गएको छ। गढीको भित्री भागबाट पर्खालको उचाई ४ फुट ३ इन्च र १० इन्च चौडा रहेको भित्ताको मोटाई ८ फुट ४ इन्च रहेको र गढीको भित्री भाग खुल्ला रहेको छ। करीव बाह्र लाखदेखि पन्ध्र लाख ईटा प्रयोग भएका र ईटाहरुका कोही १० इन्च वर्गाकारका तथा केही ईटाहरुको लम्बाई चौडाई क्रमशः ८.६ इन्च, ६ इन्च वाई २ इन्च रहेको छ। गढीको निर्माण शैली भने अन्य प्राचीन गढीहरु जस्तै छ। गढीको वरिपरि युद्ध गर्नको सुविधाको लागि विभिन्न किसिमका चरहरुको निर्माण गरिएको छ। पाल्पा भगवती जात्रासँगको साईनो आज पाल्पाको तानसेनमा भगवती जात्रा भयो। भनिन्छ, बुटवलमा अंग्रेजसँगको युद्ध जितेर गएपछि उजिरसिंहले पाल्पामा विजय उत्सव मनाएका थिए। दुई सय वर्षअघिदेखि अहिलेसम्म पनि पाल्पाको तानसेनमा प्रत्येक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट विजयोत्सव मनाइन्छ। जुन रणउजेश्वरी भगवती जात्राको नामले चिनिन्छ। रणउजिरेश्वरी भगवतीको सिन्दुर जात्रा निकाल्न थालेको १ सय ९८ वर्ष भएको छ। भाद्र कृष्ण अष्टमीको साँझ जाग्राम बसेर भजनकिर्तन गर्ने र मध्यरातमा भगवतीको पूजाआजा गरी रथलाई तयारी अवस्थामा राखिन्छ। नवमीका दिन पूजा सकेपछि साइत हेरेर रथलाई जय जयकारको गुञ्जन ध्वनिसहित तिन पटक मन्दिर घुमाइन्छ। दिउँसो साढे १२ बजे बली दिएपछि रथलाई उठाउने चलन छ। रथलाई तीन पटक घुमाएर ‘कर्णेली पूजा’ दिएपछि मात्र नगरपरिक्रमा गराइन्छ। रथलाई मन्दिर परिक्रमा गराइ“ कर्णेल उजिरसिंहको सम्झनामा पूजा दिने चलन छ। त्यसपछि व्यवस्थापन समिति, नेपाली सेना, प्रहरी प्रशासनबाट पूजा गर्ने गरिन्छ। रथयात्रासँगै र्‍याली तथा झाँकीमा निजामती कर्मचारी, सैनिक, प्रहरी, विद्यालय, स्थानीय टोल विकास संस्था, संघसंस्थाको सहभागिता रहने गर्छ। मुर्तिलाई रथमा राखेर नगरपरिक्रमा गराउ‘दा बजारका बासिन्दाले समेत बली र पूजा दिने चलन छ। रथयात्राको लागि तानसेनको ट्राफिक व्यवस्थापन, सुरक्षा व्यवस्था कडा बनाइएको छ। भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयका अनुसार जिविस, नगरपालिका, गुठी संस्थान, नेपाल सरकार, उद्योग वाणिज्य संघ लगायतको सहयोगले जात्रा सञ्चालन हुन्छ। स्थानीयले रथजात्राको दिन रुपन्देही र पाल्पामा सार्वजनिक बिदा दिन माग गर्दै आएका छन्। Read more at: https://www.thahakhabar.com/news/2668
Day
Sunday
Fee Category Amount
Kid
From Medium Road condition Duration Fare